बाग्चौरका १ सय ७० महिलाको यौन रोग तथा क्यान्सर परीक्षण  

वैशाख २५, २०८२

विप्लव महर्जन

Sexual disease and cancer examination of 170 women of Bagchaur

सल्यान — बाग्चौर नगरपालिकाद्वारा सञ्चालित शिविरमा १ सय ७० महिलाको यौनरोग र पाठेघरको मुखको क्यान्सरको परीक्षण भएको छ । कोटमौलामा सञ्चालित एकदिने शिविरबाट वडा नं ८, ९ र १९ का १ सय ७० महिलाको परीक्षण गरिएको हो । 

पछिल्नो समय महिलाहरु यौन रोग तथा पाटेघरको मुखको क्यानसरबाट पीडित हुँदै आएका र लाजका कारण रोग लुकाउने गरेकाले शिविर चलाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनय डाँगीले बताए । 

पाठेघर खसेका महिलाको पनि परीक्षण तथा उपचार गरिएको उनले जानकारी गराए । 'आर्थिक अभावले बाहिर जान नसक्ने र परीक्षण गराउन लाज मान्ने भएकाले रोगबाट ग्रसित महिलाले गाउँघरमै उपचार पाउन् भनेर शिविर सञ्चालन गरिएको हो,' उनले भने ।

पाठेघर खसेका महिलालाई रिङ राख्नुका साथै क्यान्सर र यौन रोगका बारेमा प्रशिक्षण गरिएको कोटमौला स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र गिरीले बताए । यौन रोगको समस्या देखिएका महिलालाई नि:शुल्क  औषधि उपलब्ध गराइएको छ । गाउँघरमै उपचार गर्दा स्थानीय महिलालाई धेरै राहत भएको गिरीको भनाइ छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully