चौँरी धपाउन जाँदा चट्याङ लागेर मृत्यु

वैशाख २५, २०८२

रामचन्द्र न्यौपाने

Death due to lightning while driving a chawri

डोल्पा — उपल्लो डोल्पाको छोइला लेकमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । डोल्पोबुद्ध गाउँपालिका-३ ताक्सी बस्ने ५२ वर्षीय धावा गुरुङको छोइला लेकमा चट्याङ लागेर मृत्यु भएको हो ।

बुधबार बेलुकी चौँरी धपाउन गएको बेला धावाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनीष थापाले जानकारी दिए ।

धावालाई चट्याङ लागेको उनीसँगै गएका गाउँलेले देखेपछि प्रहरी र आफन्तलाई खबर भएको प्रहरीले जनाएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully