डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाल टेलिकमको उच्च गतिको एफटीटीएच सेवा विस्तार गरिएको छ ।
टेलिकमको जिल्लाका विभिन्न पालिकामा उच्च गतिको इन्टरेनट सेवा विस्तार गर्ने नीति अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा पनि सेवा विस्तार गरिएको हो ।
नगर प्रमुख जनचन्द्र रोकायल प्रशिद्ध शक्तिपिठ बाला त्रिपुरासुन्दरी मन्दिरबाट सेवाको सुभारम्भ गरेका हुन् । यस प्रकारको सेवा विस्तार भएसागै नगरबासीले इन्टरनेट, टेलिफोन, एनएनटीभी सेवा लिन पाउने दुर सञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए ।
जिल्लाका अन्य पालिकाहरुमा पनि सेवा विस्तार गर्ने गरी काम भइरहेको बताइएको छ । विस्तारित इन्टरनेट सेवाको गति ५० एमबीपीएस देखि १ जीबीसम्म हुने दूर सञ्चार कार्यालयले जनाएको छ ।
