राउटे मुखिया सूर्यनारायण शाहीको निधन

वैशाख १६, २०८२

ज्योति कटुवाल

Route chief Suryanarayan Shahi passed away

सुर्खेत — जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ । सोमबार राति साढे ९ बजेतिर उनको निधन भएको हो ।

अत्यधिक मदिरा सेवनका कारण उनको निधन भएको समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए । राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउयँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका थिए । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully