एक महिनामा २ सय ३३ रोपनीको अफिम खेती प्रहरीद्वारा नष्ट

वैशाख १२, २०८२

महेश केसी

In one month, 233 plantations of opium plantations were destroyed by the police

रुकुम पश्चिम — जिल्लाका विभिन्न ठाउँमा लगाइएको अवैध अफिम खेती नष्ट गर्न रुकुम पश्चिम प्रहरी सक्रियताका साथ लागेको छ । प्रहरीले गत चैत पहिलो सातादेखि हालसम्म कुल २ सय ३३ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको बताएको छ ।

आठबिसकोट नगरपालिकाको वडा नं. १, २, ३, ५, ७ र १२ का विभिन्न स्थानमा पुगेर करिब १ सय ६३ रोपनीमा लगाइएको अफिम नष्ट गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश विष्टले जानकारी दिए ।

In one month, 233 plantations of opium plantations were destroyed by the police

यसका साथै ⁠सानीभेरी गाउँपालिका–६ मा ३५ रोपनीमा र ⁠बाँफिकोट गाउँपालिका–५ मा ३५ रोपनीमा लगाएको अफिम पनि यसै क्रममा नष्ट गरिएको पनि डीएसपी विष्टको भनाइ छ ।

In one month, 233 plantations of opium plantations were destroyed by the police

बर्सेनि यसै प्रकारले विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गर्ने गरिएको भए पनि यसमा संलग्नलाई भने पक्राउ गरी कारबाहीको दायरामा ल्याउन भने प्रहरीले सकिरहेको छैन । यस विषयमा डीएसपी विष्टले खेती गरिएको स्थानमा प्रहरी पुग्दा मान्छे कोही पनि नभेटिने गरेको बताए ।

In one month, 233 plantations of opium plantations were destroyed by the police

‘मान्छेको पहुँचभन्दा निकै टाढा र अनकन्टार ठाउँमा खेती गरिएको हुन्छ । प्रहरी त्यहाँ पुग्दा कोही पनि हुँदैन । तर यससँग सम्बन्धित मान्छे पत्ता लगाउने हाम्रो कोसिस जारी छ ।’ 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully