राष्ट्रपति रनिङ शिल्ड विजेता खेलाडीलाई तिलागुफाको सम्मान

वैशाख ८, २०८२

तुलाराम पाण्डे

President's Running Shield honors Tilaghufa's winning players

कालिकोट — जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूदका विजेतालाई तिलागुफा नगरपालिकाले सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

पचालझरना गाउँपालिकामा जिल्ला खेलकूद समितिले गरेको १५ औं राष्टपति रनिङ शिल्ड प्रतियोगितामा तिलागुफाले १४ स्वर्ण पदक जित्दै विजेता भएको थियो।

प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व गर्दै विजेता खेलाडीहरूलाई आइतबार मेयर शंकर उपाध्यायले सम्मान तथा नगद पुरस्कार प्रदान गरे। खेलाडीहरूलाई बाजागाजासहित नगर परिक्रमा समेत गराइएको थियो। 

नगरपालिकाले स्वर्ण पदक विजेता खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ। त्यस्तै, रजत पदक विजेता खेलाडीहरूलाई नगद ३ हजार रुपैयाँ र कास्य पदक विजेता खेलाडीहरूलाई २ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ। 

यसवर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नरहरिनाथ गाउँपालिका ७ स्वर्णसहित दाेश्रो भयो भने ४ स्वर्ण सहित पलाँता गाउँपालिका तेश्रो भयो।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully