कर्णालीमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध

चैत्र २८, २०८१

तृप्ति शाही

Electricity and telephone service interrupted in Karnali

वीरेन्द्रनगर — कर्णालीमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । बुधबार राति आएको हावाहुरी र चट्याङसँगै परेको पानीका कारण रुख ढल्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।

कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने बाबियाचौर – वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ ।

३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र सञ्चालनमा आएको छ । बाँकी लाइन मर्मतको लागि प्राविधिकको टोली खटिएको कार्यालयले जनाएको छ । 

धेरै ठाउँमा रुख र पोल ढलेकाले विद्युत् सेवा सुचारु हुन समय लाग्ने कार्यालयले बताएको छ । यस्तै कर्णालीमा विभिन्न स्थानमा नेपाल टेलिकमको पनि सेवा अवरुद्ध भएको जनाएको छ । 

विद्युत् आपुर्ति नहुँदा कतिपय स्थानका उपकरणहरु सञ्चालनको लागि ब्याट्री र पावर ब्याकअप न्यून भएकाले कम्पनीको सेवाहरु अवरुद्ध हुन गएको प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully