पहिरोले छिन्चु–जाजरकोट सडक अवरुद्ध

चैत्र २८, २०८१

विप्लव महर्जन

Chhinchu-Jajarkot road blocked by landslide

सल्यान — बुधबार राति परेको वर्षापछि पहिरो जाँदा छिन्चु–जाजरकोट सडक खण्ड गए राति १२ बजेदेखि अवरुद्ध भएको छ । वर्षातका कारण सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–११ धारापानी नजिकै गंगटेमा पहिरो जाँदा हिजो रातिदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् । 

सडकको पहिरो हटाउन बिहानै बन्गाड कुपिण्डे नगरपालिकाको डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । अहिले डोजरले पहिरो हटाइरहेको र सडक खुल्न अझै केहीबेर लाग्ने उनले जानकारी दिए । वर्षात तथा हावाहुरीले पोल ढल्दा बन्गाड कुपिण्डे नगरपालिका क्षेत्रमा रातिदेखि बत्ती नभएको र अन्यत्र पनि क्षति भएको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully