सुर्खेत उपत्यका नगरविकास समितिमा अख्तियारको छापा

चैत्र २७, २०८१

तृप्ति शाही

Authorities raid Surkhet Valley Urban Development Committee

वीरेन्द्रनगर — सुर्खेत उपत्यका नगरविकास समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले छापा मारेको छ ।

समितिका लेखापाल खड्क रानाले ३ करोड रूपैयाँ हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेपछि सुर्खेत कार्यालयको टोलीले छापा मारेको हो । 

उजुरीका आधारमा अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टा अख्तियारको टोलीले उपत्यका नगरविकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।

उजुरीपछि कागजात नियन्त्रणमा लिइएको सूचना अधिकारी धर्मराज खत्रीले जानकारी दिए । उनका अनुसार थप अनुसन्धान भइरहेको छ ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully