सल्यान — १५ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले सल्यानमा एक पुरुषलाई पक्राउ परेको छ ।
जिल्लाको दार्मा गाउँपालिका ५१ वर्षीय पुरुष पक्राउ परेका हुन् । उनले पीडित किशोरीलाई शुक्रबार राति बलात्कार प्रयास गरेको भन्ने निवेदनका आधारमा पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि बाबुराम बस्नेतका अनुसार पक्राउ परेका पुरुषलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
आइतबार सार्वजनिक बिदा भएका कारण सोमबार मात्र अदालतमा उपस्थित गराइने बस्नेतले बताए ।
