नेकपा एस सल्यान अध्यक्षमा गौतम

चैत्र २२, २०८१

विप्लव महर्जन

CPN S Salyan President Gautam

सल्यान — नेकपा एकिकृत समाजवादी सल्यानको जिल्ला अध्यक्षमा रमेश गौतम निर्वाचित भएका छन् । पार्टीको २० र २१ गते भएको नवौं जिल्ला अधिबेसनबाट गौतम निर्विरोध चयन भएका हुन् ।

निर्वाचन गर्नुभन्दा सहमतिबाटै जिल्ला पदाधिकारी चुन्ने सहमति भएपछि गौतम निर्विरोध अध्यक्षमा चयन भएका नेता हरि केसीले बताए । उनले गौतम यो भन्दाअघि सचिव रहेको उनले जानकारी गराए । 

उपाध्यक्षमा टेकबहादुर ओली, कल्पना सेजवाल र सचिवमा प्रेमबहादुर डिसी निर्विरोध निर्वाचित भएका छन् भने उपसचिवमा मनविर बस्नेत, जीतप्रसाद आचार्य र गोबिन्द डाँगी निर्वाचित भएको उनले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully