सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु 

चैत्र २१, २०८१

विप्लव महर्जन

A passenger died after falling from the door of a force vehicle in Salyan

सल्यान — सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ । नेपालगन्जबाट सुर्खेतको गोजीबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खस्दा बिहीबार बेलुकी सवा ६ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका-५ बस्ने २७ वर्षीय गणेश बुढाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार बुढा गाडीको ढोकामा झुन्डिएको बेला खसेका थिए । उनको टाउको, कान ,निधारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएका बुढालाई तत्काल उद्धार गरेर मेहलकुना अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । 

गाडीमा सवार यात्रुको ढोकाबाट लडेर मृत्यु भएपछि गाडी चालक सिम्ता-५ का ४३ वर्षीय जिवराज गिरी र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ईप्रका देवस्थलमा राखिएको प्रनि खत्रीले जनाए । शव अस्पतालमा पोस्टमार्टमका लागि राखिएको उनले बताए ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully