वीरेन्द्रनगर — मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघका विकेक खड्का विजयी भएका छन् । खड्काले ११ सय ८७ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्वियुका जगतजंग शाहीले ९ सय ७ मत ल्याए ।
सोमबार भएको मतदानमा २८ सय ६४ मत खसेको थियो । समानुपातिकतर्फ २ हजार ८ सय ६२ मत खसेको थियो ।
मध्यपश्चिम विश्वविद्यालयमा कुल चार हजार तीन सय ८३ मतदाता थिए ।
