कालीकोट — कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सोमबार दिउँसो हुम्ला सरदमुकाम सिमकोटबाट सुर्खेत आउँदै गरेको भे१ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिँदा ७२ वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्केगाड गाउँपालिका-४ दुल्ली गाउँकी ७२ वर्षीया पानकला थापाको मृत्यु भएको इलाका प्रहरीचौकी सर्केगाडका सहायक हवल्दार दान बहादुर विष्टले जानकारी दिए ।
घटनापछि स्थानीयहरुले करिडोर अवरुद्ध गरेका छन्।
