सल्यानमा जीप दुर्घटना, १७ जना घाइते

चैत्र ११, २०८१

विप्लव महर्जन

Jeep accident in Salyan, 17 injured

सल्यान — सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सिद्धकुमाख गाउँपालिका–३ फलाटे नजिकै गतियानामा सोमबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो ।

जिलला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरिएको र सबैको शारदा नगरपालिका–१ श्रीनगर स्थित शारदा पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनका अनुसार ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यात्रुबाहक जीप सडकमै पल्टिएको थियो । 

यात्रुबाहक जीपमा चालकसहित १८ जना सवार थिए । गाडी चालक शारदा नगरपालिका–१ बस्ने वर्ष २४ का आकाश वादीलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully