किशोरी बलात्कारको आरोपमा किशोर पक्राउ

चैत्र ८, २०८१

विप्लव महर्जन

Teen arrested on charges of rape

सल्यान — १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सल्यानमा एक किशोर पक्राउ परेका छन्। छिमेकी किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका निवासी १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि बाबुराम बस्नेतका अनुसार, फागुन २९ गते होली खेल्दै गाउँमा भएको एक विवाह समारोहबाट घर फर्कने क्रममा किशोरले बलात्कार गरेका थिए।

किशोरीका परिवारका सदस्यहरू रोजगारीका लागि भारत गएकाले उनी आफ्नी आन्टीसँग बस्दै आएकी थिइन्। उनका दाजु भारतबाट फर्किएपछि जाहेरी दिएपछि प्रहरीले किशोरलाई पक्राउ गरेको हो।

पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully