कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

चैत्र ७, २०८१

ज्योति कटुवाल

Dalit Bill passed by Karnali State Assembly

सुर्खेत — कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो ।

कर्णाली प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ ।दलित समुदायमाथि हुने छुवाछुत तथा जातीय भेदभाव जस्ता असमान व्यवहारलाई अन्त्य गर्दै दलित समुदायको मानवअधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चितता गर्न विधेयक ल्याइएको हो ।

तत्कालीन सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले २७ जेठ २०८१ मा उक्त विधेयक प्रदेशसभामा पेस गरेका थिए ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully