अत्यधिक रक्तस्राव भएपछि हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार 

फाल्गुन २८, २०८१

ज्योति कटुवाल

Helicopter rescue of a woman after profuse bleeding

सुर्खेत — अत्यधिक रक्तस्राव भएपछि आठबिस नगरपालिका वडा ८ की २८ वर्षीया सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । २८ वर्षीया मनसरा विकको बच्चा जन्मेपछि निरन्तर रक्तस्राव भएपछि बुधबार हेलिकोप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत अस्पतालमा पुर्‍याइएको हो ।

मनसराले बुधबार बिहान ९ बजे बच्चालाई जन्म दिएकी हुन् । अत्यधिक रक्तस्राव भएपछि मनसरालाई तत्कालै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको गरपालिको स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले बताए । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय दैलेखको समन्वयमा उद्धार गरिएको हो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully