आफ्नै घरको बार्दलीबाट लडेर मृत्यु

फाल्गुन २६, २०८१

तुलाराम पाण्डे

Died after falling from the roof of his own house

कालिकोट — खाँडाचक्र नगरपालिका-३ ताडीस्थित आफ्नै घरको बार्दलीबाट खसेर घाइते भएका जिल्ला निर्वाचन कार्यालय कालिकोटका कार्यालय सहयोगी ४७ वर्षीय पुरिचन्द्र पाण्डेको निधन भएको छ ।

शनिवार बेलुकी  बार्दलीबाट खसेका पाण्डेलाई उपचारका लागि आइतबार जिल्ला अस्पताल लगिएको थियो। तर जिल्ला अस्पतालले उनको टाउकोमा चोट भएको भन्दै सीटी स्क्यानका लागि सुर्खेत लैजान रेफर गरेको थियो ।

सोमबार बिहान उनलाई सुर्खेत लैजाने क्रममा बाटोमै निधन भएको हो । उनलाई उपचारको लागि सुर्खेत लैजाँदै गर्दा कर्णाली राजमार्गको दैलेखको असाराघाट पुर्‍याएपछि सोमबार बिहान ११ बजे निधन भएको मृतकका जेठा दाई खडानन्द पाण्डेले बताए।  घरको बार्दलीबाट लडेर घाइते भएका थिए। उनले भने, 'थप उपचार गर्न सुर्खेत लैजाने क्रममा बाटोमा निधन भयो।' 

जिल्ला पशुसेवा, वन कार्यालय हुँदै हाल जिल्ला निर्वाचन कार्यालयमा कार्यरत पाण्डेका पत्नी र दुई छोरा छन्।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully