आगलागीमा परी बालकको मृत्यु

फाल्गुन २६, २०८१

हरिहरसिंह राठौर

Child dies in fire

जाजरकोट — आगलागीमा परी जाजरकोटमा एक बालकको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका–८ साँक्टका जनक बहादुर रोकायाको घरमा आइतबार राति आगो लाग्दा उनका छोरा अमर बहादुर रोकायाको मृत्यु भएको हो ।

खाना पकाउने क्रममा चुलोबाट भारमा आगो सल्किएर अमरको मृत्यु भएको हो । आगलागीमा परी जनक र उनकी आमा बिजुलीसमेत घाइते भएका छन् ।

सात जनाको परिवार रहेको उक्त घरमा अरु सबैले भागेर ज्यान जोगाएका थिए । यस्ते तल्लो तलामा रहेका पशु चौपाय स्थानीयले उद्धार गरी बाहिर निकालेका थिए ।

आगलागीबाट घरभित्रका लत्ताकपडा, अन्न र केही नगद पनि जलेको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले बताए । पैक प्रहरी चौकीको टोलीले घटनास्थल पुगेर विवरण संकलन गरिरहेको छ ।

हरिहरसिंह

Link copied successfully