आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण

फाल्गुन २५, २०८१

ज्योति कटुवाल

Handover of emergency warehouse to Karnali province

सुर्खेत — विपद्जन्य घटनाहरु भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको छ ।

आइतबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरे । 

पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्‍को जोखिममा रहेकाले संघीय सरकार मातहत रहेको गोदामघर प्रेदेशलाई हस्तान्तरण गरिको गृहमन्त्री लेखकले बताए। 

भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहर जस्ता विविध किसिमका जोखिममा रहेकाले तीन तहका सरकारहरु तयारी अवस्थामा रहन आवश्यक रहेको उनको भनाइ छ । यस्तै कर्णाली र सुदूरपश्चिम त्रमा भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण गर्ने काम भइरहेको जानकारी दिए । 

अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरी द्रूत गतिबाट काम भइरहेको उनको भनाइ छ । 

यस्तै मुख्यमन्त्री कँडेलले संघीय सरकारले गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको बताए । भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully