दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

फाल्गुन २५, २०८१

ज्योति कटुवाल

2nd Karnali International Film Festival begins

सुर्खेत — दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । महोत्सव आइतबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्रको प्रवर्धन र विकाससँगै चलचित्र र पर्यटन जोड्न विविध गतिविधि सञ्चालनका विषयमा छलफल हुनेछ ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णाली महोत्सवले कर्णालीका ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने गरी रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन ‘समिट’ पनि आयोजना गर्नेछ । 

महोत्सवको कर्णाली प्रदेशका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरे । उद्घाटनपछि बोल्दै मुख्यमन्न्री कँडेलले कर्णालीलाई गरीबको उपमा दिन जरुरी नरहेको बताए ।

‘विकट र अभावै अभावको उपमाले बुझिने कर्णालीले अब आफ्नो पहिचान बदलिएसकेको छ,’ उनले भने ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully