कर्णाली प्रदेशसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli addressing the Karnali Provincial Assembly

सुर्खेत — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कर्णाली प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दैछन् । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बैठकको कार्यसूची रहेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।

प्रधानमन्त्री ओलीले गत फागुन ५ गते लुम्बिनी प्रदेशलाई पनि सम्बोधन गरेका थिए । ओली त्यसअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा उपस्थित हुनेछन् ।

उनले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ क्याम्पसको शिलान्यास गर्ने र विश्वविद्यालयको सिनेट बैठकमा पनि सहभागी हुने कार्यतालिका छ ।

कान्तिपुर संवाददाता

Link copied successfully