बुद्धिजीवी परिषद् कालीकोटको अध्यक्षमा धिताल

फाल्गुन २१, २०८१

तुलाराम पाण्डे

Dhital as President of Intellectuals Council, Calicut

कालीकोट — नेपाल बुद्धिजीवी परिषद् कालीकोटको अध्यक्षमा तुलाराम धिताल निर्वाचित भएका छन् । बुधबार सम्पन्न पाँचौं अधिवेशनबाट शुभकालिका निवासी धितालको नेतृत्वमा २३ सदस्सीय जिल्ला कमिटी निर्वाचित भएको हो ।

उपाध्यक्षमा दानबहादुर धामी, सचिवमा सदानन्द तिमिल्सिना, कोषाध्यक्षमा बलिराज शाही, सहसचिवमा नरेश दर्जी र निर्मला शर्मा सिम्खडा निर्वाचित भए ।

त्यस्तै, सदस्यमा पार्वती चौलागाईं, गोपाल कार्की, भरत पाण्डे, दीपेन्द्र शाही, प्रदीप धिताल, जयबहादुर सहकारी, चिन्तन नेपाली, डिल्लीबहादुर सिंह, यामप्रसाद गौतम, चक्र बीसी, कृष्ण बम, नमराज बमलगायत निर्वाचित भए ।

चैत अन्तिम साता काठमाडौंमा आयोजना भएको अधिवेशनमा सहभागी हुन निवर्तमान उपाध्यक्ष कल्पना सेजुवाललाई केन्द्रीय प्रतिनिधि छनोट गरिएको परिषद्का कर्णाली प्रदेश इन्चार्ज लालप्रसाद पोखरेलले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully