सुर्खेत — उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनचाहना अनुसार संविधान संशोधन गर्नका कांग्रेस र एमाले एकै ठाउँमा आएको बताएका छन् ।
आइतबार नेपाल प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले यस्तो बताएका हुन् ।
उनले स्थायी सरकार निर्माण र दिगो विकासका लागि पनि अहिलेको गठबन्धन बनेको उल्लेख गरे ।
सेवा प्रवाहमा देखिएको असहजतालाई सहज बनाउन अध्यादेश ल्याइएको दाबी गर्दै सिंहले केही दिनभित्रै अध्यादेश पारित हुने बताए ।
यस्तै वर्तमान सरकारले ल्याएको बजेट कार्यान्वयनमा ढिलाई भइरहेको स्वीकारेका छन् ।
