सल्यान — बलात्कारको आरोपमा फरार बनगाड कुपिन्डे नगरपालिकाका २७ वर्षीय कमल पुनलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ । फरार पुन भिजिट भिसामा दुबई जान लाग्दा अध्यागमन विभागको सहयोगमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरेको हो ।
बिहीबार सल्यान ल्याइएका पुनलाई जिल्ला अदालत लगेर म्याद थप गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।
उनका अनुसार बनगाड कुपिन्डेकी २३ वर्षीया विवाहित महिलालाई गत साउनमा घरमा कोही नभएको मौका छोपी पुनले बलत्कार गरेको र अरु दुईले बलात्कार प्रयास गरेको आरोप छ ।
दुई जना पहिल्यै पक्राउ परिसकेका छन् । बाबुआमा भारत बस्दै आएकाले ती महिला माइतीघरमा नाबालक छोरासँग बस्दै आएकी थिइन् ।
