तिला नदीमा बेपत्ता युवाको शव भेटियो

फाल्गुन ४, २०८१

तुलाराम पाण्डे

Body of missing youth found in Tila river

कालीकाेट — माछा मार्ने क्रममा तिला नदीमा शनिबारदेखि बेपत्ता भएका तिलागुफा-४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताए । 

२४  वर्षीय  शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो) थापेका थिए । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका थिए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully