मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

माघ २७, २०८१

ज्योति कटुवाल

One died in a motorcycle accident

काठमाडौँ — दैलेखको भगवतीमाई गाउँपालिका–१ मौलेसालमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको आइतबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको अवस्थामा उनको उद्धार गरिएको थियो । घाइते थापालाई दैलेख अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको उनले बताए।

थापा दुई महिनाअघि नेपाली सेनाबाट सेवानिवृत्त भएका थिए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully