पुल मर्मत गर्ने क्रममा भेरी नदीमा खसेर २ जना बेपत्ता

माघ २३, २०८१

तृप्ति शाही

2 people went missing after falling into the Bheri river while repairing the bridge

वीरेन्द्रनगर — सुर्खेतमा झोलुंगे पुल मर्मत गर्ने क्रममा २ जना भेरी नदीमा खसेर वेपत्ता भएका छन् । जिल्लाको बराहताल गाउँपालिका-४ को कुटा र पञ्चपुरी नगरपालिका-१० को चाम्री जोड्ने झोलुंगे पुल मर्मतका क्रममा २ जना मजदुर भेरीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ का २४ वर्षका अनिल घर्ती र सोही ठाउँका १८ वर्षका अर्जुन झाक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए ।

उनीहरू पुलका लागि लठ्ठा बाँध्ने क्रममा खसेर बेपत्ता भएका उनले बताए । उनका अनुसार उनीहरूको खोजीका लागि बाबियाचौरबाट प्रहरी निरीक्षकको टोली र वीरेन्द्रनगरबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा जाँदैछ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully