बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते 

माघ १७, २०८१

तृप्ति शाही

One person died, 6 injured when bus and truck collided

वीरेन्द्रनगर — सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।  ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । 

बिहीबार रत्नराजमार्ग स्थित भेरीगंगा नपालिकाको सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बस र विपरीत दिशातर्फ जाँदै गरेको ट्रक एकआपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा ट्रक चालक दैलेखको गुरास गाउँपालिका- १ का ३१ वर्षीय हिरा पुन रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकील सुनारले जानकारी दिए । उनका अनुसार ट्रक चालकको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरूको प्रदेश अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully