प्रेस सेन्टर कालीकोटमा सर्वसम्मत नेतृत्व

पुस १९, २०८१

तुलाराम पाण्डे

Unanimous Leadership at Press Center Calicut

कालीकोट — माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवेशनबाट पुन: वीरेन्द्र आचार्यको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ ।

केन्द्रीय उपमहासचिव दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा आयोजित तेस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा पूर्णसिंह बम र सुरसानाथ योगी, सचिवमा कमलबहादुर बुढा, सहसचिवमा दिनेश फर्साल र धनबहादुर सार्की, कोषाध्यक्षमा कमल कुमाल चयन भएका हुन् ।

त्यस्तै, केशव शाही र सजिप्ता बम वरिष्ठ सदस्य रहने गरी दिलीप चौलागाई, कल्पना चौलागाईं, सुस्मिता बिक, सत्य रोकाया, ऐनराज कार्की, तिलक विष्टलगायत निर्वाचित भए । प्रेरणा विक, सन्तोष भण्डारी, टिकाराज उपाध्याय, डम्बर शाही, प्रकाश विक प्रदेश र रुपेन्द्र ऐडी लगायत ४ जना केन्द्रीय प्रतिनिधि चयन भए ।

अधिवेशन उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डे, प्रेस चौतारीका कर्णाली इन्चार्ज कालीबहादुर मल्ल, प्रेस युनियनका अध्यक्ष नमराज योगीलगायतले शुभकामना दिए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully