कर्णाली सरकारमा कांग्रेस सहभागी, ४ मन्त्रीले लिए सपथ

श्रावण २०, २०८१

ज्योति कटुवाल, तृप्ति शाही

Congress participates in Karnali government, 4 ministers take oath

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । कांग्रेसबाट सहभागी ४ जना मन्त्रीलाई आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा दैलेखका घनश्याम भण्डारी , आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाहले सपथ लिएका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारीले सपथ लिएका छन् । जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढाले सपथ लिएकी छिन् । 

माओवादी सरकारबाट बाहिरीएपछि खाली रहेका मन्त्रालयमा नेपाली कााग्रेसका ४ जना सांसदलाई नियुक्त गरेपछि कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ  । 

नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । 

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित १ राज्यमन्त्री र २ मन्त्री गरि ४ जना मन्त्री भइसकेका छन । एमालेबाट मुख्यमन्त्रीमा यामलाल कँडेल, भौतिक पुर्वाधार मन्त्रीमा शेरबहादुर बुढा, कृषि मन्त्रीमा विनोद शाह र राज्यमन्त्रीमा गमाता बिक  नियुक्त भइसकेका छन । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully