स्वास्थ्य बिमा बोर्डले टिकटक, रिल्स प्रतियोगिता गर्ने 

आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने, कार्यक्रममा नागरिकको सहभागिता बढाउने साथै डिजिटल माध्यममार्फत स्वास्थ्य बिमा कार्यक्रम प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको बोर्डले जनाएको छ ।

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

Health Insurance Board to hold TikTok, Reels competition

काठमाडौं — स्वास्थ्य बिमा बोर्डले १०औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बिमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले टिकटक, रिल्सलगायतका भिडियो प्रतियोगिता गर्ने भएको छ । 

आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने, कार्यक्रममा नागरिकको सहभागिता बढाउने साथै डिजिटल माध्यममार्फत स्वास्थ्य बिमा कार्यक्रम प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार स्वास्थ्य बिमा सम्बन्धित विषयमा अधिकतम १ मिनेट अवधिको ‘भर्टिकल रिल्स’ फर्म्याटमा भिडियो तयार पारेर आफ्नै टिकटक वा फेसबुक वाल्समा पोस्ट गर्नुपर्ने छ ।

उक्त रिल्स २ देखि १७ चैत २०८२ सम्म बोर्डको इमेलमा पठाउनु पर्नेछ । भिडियोको मूल्यांकन लाइक, कमेन्ट, सेयर, भ्युजको संख्या साथै सन्देशको स्पष्टता, सिर्जनात्मक प्रस्तुति तथा सामाजिक सन्देशको प्रभावका आधारमा गरिने बोर्डले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट ३ रिल्सलाई नगदसहितको पुरस्कार प्रदान गरिनेछ । जसमा प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने बोर्डले जनाएको छ ।

कान्तिपुर

Link copied successfully