बोर्डले बिहीबार सूचना जारी गर्दै सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिमालाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो ।
काठमाडौँ — स्वास्थ्य बिमा बोर्डले बिरामीहरुलाई अनावश्यक रिफर (प्रेषण) नगर्न बिमा आबद्ध सम्पूर्ण संस्थालाई निर्देशन दिएको छ ।
बोर्डले बिहीबार सूचना जारी गर्दै सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिमालाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो । अस्पतालमा सेवा हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा बिरामीलाई अनावश्यक रुपमा अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने गरेको पाइएको बोर्डले जनाएको छ ।
स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियामावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत रहेको भन्दै यस्तो नगर्न बोर्डले चेतावनी दिएको हो । सेवा उपलब्ध गराउन नसक्ने भएमा स्वास्थ्य बिमा नियमावली,२०७५ को अनुसुची ९ बमोजिमको प्रेषण पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा प्रेषण गर्नसमेत बोर्डले अनुरोध गरेको छ ।
निर्देशन उल्लंघन गरी अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्यांकन तथा रुजु गर्दा त्यस्तो रकम सोधभर्ना नगर्ने साथै स्वास्थ्य बिमा नियमावली २०७५ अनुसुची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने समेत गर्ने बोर्डको छ ।
