निपाह भाइरस संक्रमण भित्रिन नदिन उच्च सतर्कता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह संक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

माघ ८, २०८२

रासस

काठमाडौँ — सरकारले भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरस संक्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह संक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए । 

'विशेषगरी कोशी प्रदेशको सीमा नाकामा हामीले सतर्कता अपनाएका छौं । अरु सीमा नाकामा नेपाल भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न भनेका छौं', उनले भने । 

प्रवक्ता बुढाथोकीले निपाह भाइरस संक्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस संक्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस संक्रमण सुँगुर, चमेरा र संक्रमित मानिसबाट सर्ने गर्दछ । 

रासस

Link copied successfully