आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न बिहीबारदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

Norvic introduces free ambulance service for emergency services

काठमाडौँ — नर्भिक इन्टरनेसनल हस्पिटलले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न बिहीबारदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि काठमाडौंको रिङरोडभित्र मात्र लागू हुने जनाइएको छ । 

अस्पतालका अनुसार यो सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुने छ ।

आपतकालीन अवस्थामा बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको नर्भिकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully