अस्पतालका अनुसार अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको छ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन्।
हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पौडेल जेन-जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएका थिए।
