समाज डेन्टल हस्पिटलको ११ औँ शाखा गोल्फुटारमा

शनिबार एक विशेष कार्यक्रम गरी समाज डेन्टलले आफ्नो सेवा विस्तार गरेको हो  ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

11th Branch of Samaj Dental Hospital at Golfutar

काठमाडौँ — समाज डेन्टल हस्पिटलको ११ औँ शाखा गोल्फुटारमा खुलेको छ ।

‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २५ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेन्टल हस्पिटलको ११ औँ शाखाले आजदेखि गोल्फुटारमा आफ्नो सेवा सुरु गरेको हो ।

शनिबार एक विशेष कार्यक्रम गरी समाज डेन्टलले आफ्नो सेवा विस्तार गरेको हो  ।

उद्घाटनका दिन  सम्पूर्ण सेवाहरूमा ५०% छुट रहेको  हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए ।

प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धी जनचेतना जागरण गर्न र उपचारमा सबैको  पहुँच स्थापित गर्न सामन्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरि एउटै छानामुनि विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय उपचार प्रदान गर्न उद्देश्यसहित गोल्फुटारमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।

गोल्फुटारमा सेवा शुभारम्भ गर्दै समाज डेन्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि शुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

समाज डेन्टल हस्पिटलले विगत २५ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ । हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सितापाइला , कौसल्टार, इमाडोल र बनेपा काभ्रेमा सञ्चालित छ ।

कान्तिपुर संवाददाता

Link copied successfully