गरिब तथा विपन्नलाई समाज डेन्टलको करोड बराबरको उपचार कोष

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Samaj Dental treatment fund worth crores for the poor and needy

What you should know

काठमाडौँ — समाज डेन्टलले गरिब तथा विपन्न नागरिकका लागि एक करोड बराबरको उपचार कोषको घोषणा गरेको छ । अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा उक्त राश‍िको उपचार कोषको घोषणा गरिएको हो । 

समाज डेन्डल हस्पिटलका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले उक्त उपचार कोषको घोषणा गरिएको जानकारी दिए । अस्पतालको स्थापना नै गुणस्थतरीय दन्त स्वास्थ्यमा सबैको पहुँच रहेको उनको भनाइ थियो । 

विशिष्टिकृत दन्त स्वास्थ्य सेवा प्रदानमा अस्पताल प्रतिबद्ध रहेको पनि घिमिरेको भनाइ थियो । २०५८ साउन १ मा स्थापना गरिएको समाज डेन्टलले हाल काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे गरी कूल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य रहेको घिमिरेले जानकारी दिए । उपचार कोषको खर्च गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने घिमिरेले बताए । 

अस्पतालको २५ औँ वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिए । समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवमा मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनियता अझ बढी बढाउनुपर्ने खाँचो औंल्याए । 

कार्यक्रममा कांग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको जानकारी दिए । दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्षसहित संस्थास्थिापित भएको उनले बताए ।  

कान्तिपुर

Link copied successfully