बिमा व्यवस्थित नभएसम्म स्वास्थ्य क्षेत्र व्यवस्थित हुँदैन : मन्त्री पौडेल 

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

The health sector will not be organized until insurance is organized: Minister Paudel

काठमाडौँ — नेपालमा स्वास्थ्य बिमा पूर्ण रूपले व्यवस्थित नभएसम्म नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थित नहुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउन बिमा लागू गर्नुपर्ने बताएका हुन् । 

संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न पनि  बीमा प्रणाली लागु गर्न आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो । बिमामा योगदान आफ्नै लागि गर्नुपर्ने सन्देश प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो । 

यस्ता योजना लागू गर्दा अनावश्यक आशंका उब्जिने गरेको भन्दै मन्त्री पौडेलले असन्तुष्टि जनाए ।  उनले भने, ‘काम गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । खराब नियत नराखी गरेको काममा पनि बढी शंका देखियो । कहिँकतै त्रुटि पनि भएका छन्, सावधानी र सचेतना अपनाउनपर्छ ।'

मन्त्री पौडेलले काम गर्ने वातावरण बन्न नसकेको बताएपनि त्यस्तो कसका कारणले भएको हो भन्ने उल्लेख गरेनन् ।

बिमा प्रणाली व्यवस्थित नभएसम्म नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थित हुन नसक्ने मन्त्री पौडेलको भनाइ थियो । ‘बिमा व्यवस्थित नभएसम्म नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थित हुन सक्दैन,' उनले भने ।

स्वास्थ्य बिमा ५ लाख रुपैयाँ पुर्‍याउनका लागि सुरक्षित कोष निर्माण गर्नुपर्ने उनले बताए । स्वास्थ्य सेवा सबै नागरिकमा पुर्‍याउनका निम्ती त्यस्तो कोषको आवश्यकता रहेको उनले बताए ।  

कान्तिपुर

Link copied successfully