स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी नियुक्त

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Director General of the Department of Health Services Dr. Barakoti appointed

काठमाडौँ — स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघि विभागको महानिर्देशक डा. विकास देवकोटा थिए । डा. देवकोटा सचिवमा बढुवा भएपछि महानिर्देशकको पद खाली थियो ।

मन्त्रालयमा १२ औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा. बाराकोटीले बुधबारबाट कार्यभार सम्हाल्ने तयारीमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully