मनीषा कोइराला एचपीभी खोप अभियानको सद्भावना दूत

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Manisha Koirala Goodwill Ambassador of HPV Vaccination Campaign

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइरालालाई सद्भावना दूत नियुक्त गरेको छ । सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि सद्भावना दूत नियुक्त गरेको हो ।

सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको सुरुवात गरिएको बताए । उनले नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताए ।

Manisha Koirala Goodwill Ambassador of HPV Vaccination Campaignउनले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरूलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइने जानकारी दिए । खोप लगाउने अवधिभित्र विद्यालयमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बताए । उनले अभिनेत्री कोइराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरूमा सद्भावना दूत रहने बताए । 

Manisha Koirala Goodwill Ambassador of HPV Vaccination Campaignकार्यक्रममा अभिनेत्री मनीषा कोइरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनले यसको महत्त्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन् । सरकारले आउँदो माघ २२ गतेदेखि एचपीभी खोप अभियान सुरु गर्दैछ । 

कान्तिपुर

Link copied successfully