डेंगी संक्रमितबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो


काठमाडौँ — डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डेंगीबाट ४४ जनाको मृत्यु भएको हो ।


सातै प्रदेशको ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनदेखि हालसम्म ३३ हजार ९७५ जना संक्रमित भइसकेका छन् ।
त्यसैगरी विगत २४ घण्टामा २७ जनामा कोभिड पुष्टि भएको छ । ८६७ पीसीआर र ६७९ एन्टिजेन गरी १ हजार ५४६ वटा नमुना परीक्षणबाट २७ जनामा संक्रमण देखिएको हो भने २६ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ भने २४ घण्टामा डेंगीबाट मृत्यु हुनेको संख्या शून्य छ ।
प्रकाशित : आश्विन २४, २०७९ १७:३३