कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घाँटीमा केही अड्किएको जस्तो किन हुन्छ ?

घाँटीमा केही अड्किएको महसुस हुनु प्राय: सामान्य समस्या हुने गरे पनि क्यान्सरकै सुरुवाती अवस्था पनि हुन सक्छ ।
डा. तुलीका दुबे

हामी ईएनटी सर्जनहरूकहाँ सबैभन्दा धेरै घाँटीसम्बन्धी समस्या लिएर आउने भनेको घाँटीमा गाँठो वा केही अड्किएको महसुस हुनु हो । यसले बिरामीको जीवनको गुणस्तरलाई असर गर्ने गरेको हुनसक्छ । जसले गर्दा उनीहरु धेरै विचलित पनि हुनसक्छन् ।

घाँटीमा केही अड्किएको जस्तो किन हुन्छ ?

घाँटीमा केही अड्किएको महसुस हुनु भनेको प्राय: गरेर सामान्य समस्या हुने गरे पनि क्यान्सरकै सुरुवाती अवस्था पनि हुनसक्छ ।

त्यसो भए, के हामीले चिन्ता गर्नुपर्छ ? चिन्तित नै हुनुपर्छ भन्ने त होइन, तर निश्चित रूपमा सतर्क र सचेत भने हुनुपर्छ। त्यो समस्याका ५ प्रमुख कारणहरु के-के हुन् त?

  • रिफ्लक्स विकार
  • घाँटी वा नाकको एलर्जी
  • लामो समयसम्म नाकको समस्या वा साइनसाइटिस (पिनास)
  • ग्लोबस
  • घाँटीको क्यान्सर

रिफ्लक्स डिसअर्डर : यसमा सामान्यतया छाती पोल्नु, छातीमा अप्ठेरो, पेट भरिएको वा घाँटीमा केही अड्किएको महसुस हुन्छ ।

समाधान: रिफ्लक्स रोग के कारणले गर्दा भएको हो भन्ने विषयमा धेरै निर्भर गर्दछ । त्यसैले यस्तो समस्या भएका व्यक्तिले विशेषज्ञको राय लिनु नै उचित हुन्छ ।

घाँटी वा नाकको एलर्जी: केही खानेकुरा, वातावरणीय तत्वहरू जस्तै धुलो, परागकण, घरको ढुस्सी, केही औषधिहरू आदिले घाँटी वा नाकको एलर्जी हुनसक्छ । जुन घाँटीमा बाहिरी वस्तुको प्रवेशका कारण सनसनीको रूपमा देखा पर्न सक्छ। यसले गर्दा व्यक्तिलाई घाँटीमा खसखस भइरहन्छ र सफा गरिरहने मन लाग्छ ।

समाधान: सबैभन्दा पहिला त एलर्जीको कारण पहिचान गर्नुपर्छ । र, यदि यो लामो र समस्याग्रस्त छ भने विशेषज्ञ राय लिनु उचित हुन्छ ।

लामो समयसम्म नाक समस्या वा साइनसाइटिस: हामी मध्ये धेरै कमले सोचेका छौं कि नाकको समस्याले घाँटीमा बेग्लै प्रकारको केही टाँसिए जस्तो महसुस हुनसक्छ । डिभिएटेड नासल सेप्टम (नाकलाई दुईवटा प्वालमा विभाजन गर्ने भाग), बारम्बार हुने नाकको एलर्जी वा लामो समयसम्म बस्ने साइनसाइटिस (पिनास) यसको मूल कारण हुनसक्छ ।

समाधान: यस प्रकारको समस्या छ भने दुग्धजन्य उत्पादनहरू नखानु उचित हुन्छ । साथै धुलो र चिसोबाट जोगिनु पर्छ । लामो समयदेखि यस प्रकारको समस्या रहेमा भने विशेषज्ञसँग राय लिनुहोस्।

ग्लोबस: यसलाई ग्लोबस फ्यारेन्जियस वा ग्लोबस हिस्टेरिकस पनि भनिन्छ । यो एक प्रकारको सनसनी हो जहाँ व्यक्तिलाई घाँटीमा गाँठो भएको महसुस हुन्छ । तर जाँच गर्दा त्यहाँ केही पनि हुँदैन। यसको ठोस कारण निर्क्योल गर्न गाह्रो छ । कोही-कोहीलाई यो खाना निल्न सहयोग गर्ने मांसपेशीहरूको असंगतिको कारणले हुनसक्छ भन्ने विश्वास राख्छन् । यो रिफ्लक्स रोगको कारणले हुनसक्छ ।

धेरै मानिसहरूमा भने तनावले पनि यस प्रकारको सनसनी उत्पन्न गराउँछ र झनै खराब बनाउँछ। यसले सामान्यतया निल्ने प्रक्रियामा कुनै परिर्वतन वा हस्तक्षेप गर्दैन। सामान्यतया यो गम्भीर नभए पनि यसले क्यान्सरको डर भएका मानिसहरूमा मानसिक आतंक भने ल्याउन सक्छ। त्यसैले गम्भीर समस्याहरू समाधान गर्न चिकित्सकसँग नै भेटेर सल्लाह लिनु उचित हुन्छ ।

घाँटीको क्यान्सर: यो सामान्यतया घाँटीमा गाँठोको अनुभूतिसाथ प्रस्तुत हुन्छ। यो निल्न कठिनाइ वा निल्न दुखाइ, आवाजमा परिवर्तन, घाँटी दुखाइ र घाँटीको मांसपेसीसँग सम्बन्धित हुनसक्छ।

क्यान्सर रोकथामबारे सचेतना, प्रारम्भिक पहिचान र प्रभावकारी उपचार नै यसप्रकारको समस्या समाधानको पहिलो लक्ष्य हो । त्यसैले सचेत बनौं र शंकाको अवस्थामा सकेसम्म चाँडो एक विशेषज्ञलाई देखाउँ र कुनैपनि शंका छ भने त्यसलाई हटाएर र स्वस्थ र सुखी जीवन बिताउँ ।

-डा. दुबे फ्रन्टलाइन अस्पतालमा कार्यरत नाक, कान, घाँटी (ईएनटी) क्यान्सर शल्यचिकित्सक हुन् ।

प्रकाशित : आश्विन १०, २०७९ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?