शरीर चिलाउने रोग 'एटोपिक डर्माटाइटिस' बारे थाहा पाउनुपर्ने कुराहरू

पुस २८, २०७८

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — एटोपिक डर्माटाइटिस संसारमा धेरै मानिसहरुमा देखिने छालाको इन्फ्लामेटोरी रोग हो । एटोपिक डर्माटाइटिस बालबालिका र वयस्कहरुमा देखिन सक्ने भएतापनि धेरैजसो एक वर्षभन्दा मुनिका शिशुहरुमा देखिने गर्दछ । करिब ८० प्रतिशत बालबालिकाहरु ६ वर्षको उमेर पार गर्नु अघि नै यो रोगको शिकार हुने गर्दछन् ।

वंशाणुगत रुपमै एटोपिक रोगको जोखिम भएका व्यक्तिहरुमा छालामा देखिने एटोपिक डर्माटाइटिससँगै रुघाखोकी लागिराख्ने, स्वाश-प्रश्वास समस्या भई दमको लक्षण देखिने र खानपिनको एलर्जी हुने जस्ता लक्षण देखिने गर्दछन् ।

एटोपिक डर्माटाइटिस हाम्रो शरीरका कोषिकाहरुमा हुने वंशाणुगत जिन र वातावरणबीचको परस्पर अन्तरक्रियाका कारण हुन्छ। वंशाणुगत जीनका कारण छाला कमजोर भइ यसले आफ्नो संरचना कायम राख्न नसक्ने भएकाले र बाहिरी किटाणु र वातावरणले छालामा संक्रमण हुने हुँदा यो रोग लाग्ने गर्दछ।

एटोपिक डर्माटाइटिसका लक्षणहरु:

एटोपिक डर्माटाइटिसका लक्षण मूलतः स्थायी नभई “आउने-जाने” गर्दछन्। यो प्रक्रिया लामो समय चल्छ । तीव्र रूपमा छाला रातो हुने, पानी फोका आउने, पानी बगिरहने जस्ता लक्षण देखिन्छन् भने समयसँगै छाला बाक्लो हुने, कालो हुने, छालामा धर्साहरु देखिने, कत्ला निस्किने, घाउ हुने र लामो समयमा रातोपना कम हुने गर्दछ । जन्मजात शिशुहरुमा र केही महिना उमेर पुगेका शिशुहरुमा कपालमा हुने खालको चायाको एलेर्जी जस्तै कपाल, काखी र काछमा छाला सुक्खा हुने,  साह्रो हुने, जस्ता लक्षण देखिन्छन्, र समयसँगै गाला र छालाका अन्य भागमा पनि असर पर्दछ ।

बालबालिकाहरुमा भने घुँडा र कुइनो टेकेर हिँड्न सक्ने भइसक्ने हुनाले घुँडा र कुइनोमा लक्षणहरु देखिने गर्दछ । उठेर हिँड्न सक्ने बालबालिकाका हकमा भने शरीरका लचिला भागहरु, जस्तै, कुइनोको अगाडिपट्टिको भाग र घुँडाको पछाडिपट्टिको भाग (जसमा धेरै लचकता हुन्छ र माडिने गर्छ)मा छाला रातो हुने, सुक्खा हुने, फुट्ने, छाला निस्किने, र लामो समय भएमा साह्रो हुने हुन्छ।

बालबालिकामा र्‍याल चुहिने र खानाको एलर्जीकै कारणले मुखको वरिपरि रातो हुने, छाला सुक्खा हुने, फुट्ने, पानी फोका आउने, छाला निस्किने, र दीर्घ रूपमा छाला सारो, कालो र धर्सायुक्त हुने हुन्छ ।

वयस्कहरुमा पनि बालबालिकामा देखिने जस्तै शरीरका लचिला भागहरुमा र केही मानिसमा फैलिएर शरीरका सबै भागमा लक्षण देखिन्छन्। दीर्घ रूपमा छाला साह्रो हुने, कालो हुने, धर्सा आउने, गिर्खा आउने, आखीभौंका रौँहरु झर्ने आदि हुन्छन् ।

आफ्नो बाल्यवस्थामा एटोपिक डर्माटाइटिस भएका वयस्कहरुमा यो रोग पूरै निर्मूल हुन पनि सक्छ, वा हत्केला/पैतालामा पुनः यो रोग देखिन सक्ने सम्भावना पनि हुने गर्दछ ।

एटोपिक डर्माटाइटिसका जटिलता

एटोपिक डर्माटाइटिस भएको छालामा रोग प्रतिरोधात्मक रसायन कम हुने हुँदा ब्याक्टेरिया, भाइरस र ढुसीको संक्रमण हुने गर्दछ । त्यस्तै, छालामा पिप जम्ने, रगतमा संक्रमण फैलने, र मुटु र दिमागमा संक्रमण फैलने खतरा पनि हुन्छ ।

एटोपिक डर्माटाइटिस लामो समय रहने खालको रोग भएकाले यसले मानिसको दैनिकी एवं मानसिक स्वास्थ्यमा समेत प्रभाव पनि पार्न सक्छ।  

एटोपिक डर्माटाइटिस  भएको कसरी पत्ता लगाउने ?

एटोपिक डर्माटाइटिसलाई छालामा देखिने लक्षणको आधारमा पत्ता लगाउन सकिन्छ, र यसलाई कुनै विशेष प्रयोगशालाको जाँचको आवश्यकता पर्दैन ।

एटोपिक डर्माटाईटिसका उपचार विधि

१. सामान्य उपचार विधिः

२. मुख्य उपचार विधिः

एटोपिक डर्माटाइटिसमा मोइस्चराइजरको प्रयोग 

एटोपिक डर्माटाइटिस भएकाहरुले बास्ना नआउने, ग्लिसेरोल भएको मोइस्चराइजर क्रिम पटक-पटक प्रयोग गर्नुपर्ने हुन्छ । पटक-पटक मोइस्चराइजर क्रिम प्रयोग गर्नाले चिलाउने, पोल्ने, घाउ हुने कम हुन्छ ।

एटोपिक डर्माटाइटिस भएकाहरुले नुहाउँदा यसरी नुहाउने

खाना बार्ने कि नबार्ने ?

एटोपिक डर्माटाइटिस भएकाहरुले कुनै पनि खानेकुरा बार्नु पर्दैन।  तर गाईको दूध, कुखुराको अन्डा, बदाम, सोय, गहुँ,  जस्ता खाने कुरा खाएको आधादेखि एक घण्टामा पेट दुख्ने, छाला चिलाउने, सास फेर्न गाह्रो हुने भएमा त्यस्ता खानेकुरा खानु हुँदैन । तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ। 

एटोपिक डर्माटाईटिस भएकाहरुले यस्ता चिजबाट बच्नुपर्छ

धेरै चिसो अथवा तातो तापक्रम, ऊनी, नाइलन लुगा, चुरोटको धुँवा, धुलो, साबुन, निकेलका गहना, बिरालोको छालाको कण आदिबाट एटोपिक डर्माटाइटिस भएकाहरु टाढा रहँदा राम्रो हुन्छ ।

एटोपिक डर्माटाइटिस भएका बिरामी र बिरामीको हेरचाह गर्नेले जानकारी राख्ने पर्ने कुरा

डा. डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एण्ड कस्मेटीक सेन्टर (बीएससीसी) मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

Link copied successfully