३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

फाइजर खोपका लागि घोलक आइपुग्यो, सिरिञ्ज मंगलबार आइपुग्‍ने 

काठमाडौँ — स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार फाइजर खोप लगाउन आवश्यक पर्ने घोलक (खोपसँग मिसाइने तरल पदार्थ) आइपुगेको छ ।

फाइजर खोपका लागि घोलक आइपुग्यो, सिरिञ्ज मंगलबार आइपुग्‍ने 

महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले बुधबार घोलक आइपुगेको बताए । उनले भने–‘मंगलबारसम्म सिरिञ्ज पनि आइपुग्नेछ र स्थगित खोप अभियान सुरु हुनेछ ।’ फाइजर खोपका लागि ०.३ एमएल सिरिञ्जको आवश्यकता पर्छ ।

सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने जनाएको थियो । ६ लाख ६४ हजार ५६० मात्रा खोप आएपनि समयमा घोलक र सिरिञ्ज नआएपछि खोप अभियान स्थगन हुन पुगेको थियो ।

प्रकाशित : पुस १५, २०७८ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?