नेपालमा थप एक जनामा 'ओमिक्राेन' पुष्टि

पुस ७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप एक जनामा ओमिक्राेन पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता काैशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएकाे बताइन् ।

मन्त्रालयको काेराेनासम्बन्धी प्रेफ ब्रिफिङमा बुधबार प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति घरमै आइसाेलेसनमा रहेकाे र उनीसँग सम्पर्कमा आएकाकाे 'कन्ट्याक्ट ट्रेसि‌ङ' भइरहेकाे बताइन् । उनले भनिन्-  'उनी नियमित मन्त्रालयकाे सम्पर्कमा छन् ।

हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकाेमा २२ वटा डेल्टा भेरिएन्ट भेटिएकाेमा त्यसमध्ये एउटा ओमिक्रोन भेरिएन्ट भेटिएकाे हाे । 

योसँगै नेपालमा ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मंसिर २० गते मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको जनाएको थियो । 

कान्तिपुर

Link copied successfully