दुर्घटनामा ट्र्याक्टर चालक कुश्मा–७ निवासी २८ वर्षीय सुजन नेपाली र ट्र्याक्टरमा सवार कुश्मा–९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
काठमाडौँ — पर्वतमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्माबाट ज्ञादीको साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्र्याक्टर कुश्मा नगरपालिका–९ एकोहोरेपाठास्थित दोबिल्ला–फलेवास सडकखण्डबाट करिब १०० मिटर तल खसेको हो । दुर्घटनामा ट्र्याक्टर चालक कुश्मा–७ निवासी २८ वर्षीय सुजन नेपाली र ट्र्याक्टरमा सवार कुश्मा–९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
दुर्घटनालगत्तै घाइते भएकालाई तत्काल उद्धार गरी प्रदेश अस्पताल पर्वत पुर्याएकोमा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले बताए ।
