स्याङ्जाको गल्याङ नगरपालिका–६ बनपालेमा बिहीबार बिहान पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ — स्याङ्जाको गल्याङ नगरपालिका–६ बनपालेमा बिहीबार बिहान पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहान करिब ५ बजे स्थानीय ६५ वर्षीय धनबहादुर थापा आफ्नै ढुंगा–माटोले बनेको खरले छाएको एकतले कच्ची गोठमा काम गरिरहेका बेला गोठमाथिबाट अचानक पहिरो खसेर गोठसहित पुरिएको थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पिडीखोलाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। बिहान ६:४५ बजे घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयवासीसँग मिलेर पहिरो हटाउने क्रममा धनबहादुर थापालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण गोठभित्र रहेको एउटा भैंसी मरेको छ भने एक बंगुर घाइते भएको छ । घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
