साँझ धार्चे-७ खानीबेसीमा ठाडो खोलाबाट ढुंगामाटोसहितको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको गोरखा प्रहरीले जनाएको छ ।
गोरखा — लेदोसहितको पहिरोले आरुघाट–माछीखोला सडक अवरुद्ध बनेको छ ।
बुधबार साँझ धार्चे गाउँपालिका-७ खानीबेसीमा कच्ची सडकमाथि रहेको ठाडो खोलाबाट ढुंगामाटोसहितको लेदो आई बाटो पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
उक्त सडक नजिकै आरुघाटतर्फ नम्बर नखुलेको ९ वटा (मिनिट्रक-३ वटा, बस-३ वटा, जिप-२ वटा, एम्बुलेन्स-१ वटा) सवारी साधनहरू होल्ड भएको पनि उनले बताए ।
घटनास्थलमा प्रहरी चौकी माछीखोला गोरखाबाट प्रहरी टोली खटिएको पनि उनले बताए ।
